काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले उडानको क्रममा फोटो तथा भिडियो खिचेर  उडान सञ्चालन नियम उल्लङघन गरेको भन्दै पाइलट विजय लामा र सोनी राणालाई तत्काल काममा नलगाउन निर्देशन दिएको छ। 


प्राधिकरणले अर्को सूचना नहुन्जेलसम्म दुई पाइलटलाई काममा नलगाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको हो। प्राधिकरणले उनीहरुमाथि छानबिनका लागि निगमलाई चिठी पठाएको छ । उनीहरुले कारबाही फुकुवा नभएसम्म विमान उडाउन पाउने छैनन्।

ad