काठमाडौँ । नेपाली कांग्रेसमा १५ औँ महाधिवेशन फागुन २१ गते तोकिएको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विवाद कायम रहेकै अवस्थामा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज नयाँ बानेश्वरमा बसिरहेको छ ।

नेपाली काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउन संस्थापन पक्षका केन्द्रीय सदस्यहरु नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा भेला भएका हुन् । नेपाली कांग्रेसमा महाधिवेशनसम्बन्धी विवाद बढ्दै जाँदा आज शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक आइतबारका लागि सारिएको छ ।

ad

झण्डै डेढ महिना अगाडिदेखि कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै आए पनि महाधिवेशनको बिषयमा कुनै निर्णय गर्न सकेको छैन ।