
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा रिहा भएका छन्। सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका उनी तोकिएको २० लाख धरौटी बुझाएर छुटेका हुन् ।
उच्च अदालत पाटनले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर धरौटी बुझाएसँगै उनी रिहा भएका हुन्।
भेपमा सुन तस्करी गरेको प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत २६ असोजमा पक्राउ गरेको थियो।
काठमाडौं जिल्ला अदालतले २९ असोजमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।









Facebook Comments