काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा थप चार पार्टीका एकीकरण पक्षधरहरु आज समाहित भएका छन् ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक समारोहबीच जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको एकीकरण पक्षधर, जनजागरण पार्टी नेपाल, नेकपा बहुमतको विद्रोही समूह र नेकपा (माओवादी)को विद्रोही समूह समाहित भएका हुन् । 

ad

एकता घोषणा कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत सहभागी छन्। 

कात्तिक १९ गते १० वटा घटकहरूले एकता गरी नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो। त्यसपछि भीम रावलसहित दुर्इटा पार्टी पनि नेकपामै समाहित भएका थिए ।