काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो १ बजेपछि केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने भएको छ।


बैठकमा आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गरिनुका साथै समसामयिक बिषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  राप्रपाले फागुन २१ को प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि दल दर्ता गरिसकेको छ। चुनावी तयारीलगायत विषयमा पनि बैठकमा छलफल हुनेछ।

ad

राप्रपामा महामन्त्री धवल शम्शेर राणालगायतले नियमित महाधिवेशन माग गरेका छन्। राप्रपाले २०७८ मंसिरमा महाधिवेशन गरेकोले विधानअनुसार नियमित ४ वर्षे कार्यकाल यही मंसिर १८ गते सकिँदैछ। राप्रपा संस्थापन पक्षले विधानमा भएको व्यवस्थाअनुसार विशेष कारण देखाएर कार्यकाल थप गर्न सक्ने सम्भावना पनि छ ।