काठमाडौं । जेनजी अभियानका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनकारीको आवाज सुन्न नचाहेको आरोप लगाउँदै, संविधान संशोधनबाट माग पूरा गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने बताएका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिकै आयोजित प्रदर्शनमा उनले जेनजी आन्दोलनले देशमा स्थिरता, सुशासन र अर्थपूर्ण चुनावको माग राखिरहे पनि सरकार त्यसप्रति संवेदनशील नभएको आरोप लगाए। ढुंगानाका अनुसार आन्दोलनले उठाएका मुद्दा समाधान गर्न आवश्यक राजनीतिक इच्छाशक्ति प्रधानमन्त्रीले देखाउन सकेकी छैनन्।

ad

ढुंगानाले प्रधानमन्त्रीलाई संविधान संशोधन नगरी ‘चुनाव नै अनिवार्य’ जस्तै व्यवहार गरेको भन्दै आलोचना गरे। उनका अनुसार जनता र आन्दोलनकारीको आवाज बेवास्ता गरेर गरिएको चुनावले फेरि अस्थिरता मात्रै दोहोर्‍याउने छ।

ढुंगानाले प्रधानमन्त्रीले आन्दोलनकारीको माग सुन्ने इच्छाशक्ति नदेखाएको आरोप लगाए। अर्थपूर्ण चुनावका लागि संविधान संशोधन आवश्यक रहेको, संशोधनबिना चुनाव गए पुनः अस्थिरता सिर्जना हुने, संविधान संशोधन गर्न नसक्ने हो भने प्रधानमन्त्रीलाई राजीनामा दिन उनले सुझाव दिए

ढुंगानाले अन्त्यमा भने, 'हाम्रो माग सरल छ—संविधान संशोधन। यदि त्यो गर्न सकिँदैन भने तपाईं राजीनामा दिनुहोस्, त्यसपछि हामी के गर्ने हो गर्छौ।'