अर्थ मन्त्रालयअन्तर्गतका राजस्व फाँटका कर्मचारीको व्यापक सरुवा गरिएको छ । मन्त्रालयको ९ मंसिरमा बसेको बैठकले राजस्व अनङ्कित प्रथम श्रेणीका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

खासगरी विभिन्न राजस्व कार्यालय तथा भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा तथा कम्युटर अपरेटरहरूलाई मन्त्रालयले केन्द्रमा तानेको छ । 

ad

ती कर्मचारीहरुलाई अर्थ मन्त्रालय वा राजस्व विभाग वा सोअन्तर्गत रहनेगरी केन्द्रमा तानिएको छ । अर्थ मन्त्रालयको तालिकाअनुसार ७७ कर्मचारीको सरुवा गरिएको छ ।