काठमाण्डाै । एमसीए नेपालले न्यु बुटवल सबस्टेशन र १८ किलोमिटर प्रसारण लाइनको निर्माण शुरू गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ मा आज आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरे ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यो सबस्टेशन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । राजदूत थम्प्सनले दुई वर्षदेखि निरन्तर प्रयासर गर्दै आज यहाँसम्म आइपुगेको बताए ।

ad

निर्माण शुरू भएको १८ किलोमिटर प्रसारण लाइनले ५०० केभी न्यु बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्नेछ ।

झन्डै ५०० करोड अमेरिकी डलर लगानीमा निर्माण गरिने यी पूर्वाधारले आउँदो दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको ऊर्जा व्यापार सम्झौतालाई सघाउ पुर्‍याउनेछ । सम्झौता अनुसार एमसीएअन्तर्गतका सबै आयोजना आउँदो तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने छ ।