
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको मंसिर २७ गते हुने उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौर र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
महासचिव शंकर पोखरेल संयोजक रहेको एमाले महाधिवेशन सचिवालय समितिको आज बसेको बैठकले भृकुटीमडपको ठाउँ साँघुरो हुने भएपछि महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा गर्ने तय गरेको हो ।
बैठकले पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरेको छ ।








Facebook Comments