नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक विहीबार बस्ने भएपछि त्यसको अघिल्लो दिन आज विशेष महाधिवेशन पक्षधरले विशेष भेला बोलाएको छ । केन्द्रीय कार्यसमितिको बैठक अघि दबाब दिने उद्देश्यले भेला आज दिउँसो राष्ट्रियसभा गृह प्रदर्शनीमार्गमा बोलाइएको हो । 

विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेताहरु, जिल्ला सभापतिहरु, नयाँ पुस्ता लगायतले  भेलालाई सम्बोधन गर्ने नेताहरुले जानकारी गराएका छन् ।
विशेष महाधिवेशनको मागका लागि हस्ताक्षर संकलनका लागि अगुवाइ गरेका नेता गुरुराज घिमिरेले भेलामा सशक्त र प्रभावकारी हुने बताए ।

ad

विशेष महाधिवेशनका लागि काठमाडौं बाहिरबाट पनि स्वतस्फूर्त रुपमा हस्ताक्षरकर्ताहरु आउने क्रम जारी रहेको उनले बताए  ।  विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित २९ असोजमा बुझाएका थिए । 
 कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।