
काठमाडौं । टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको तालिका मंगलबार सार्वजनिक गरेको हो ।
फेब्रुअरी ८ मा हुने खेल तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ । दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ ।








Facebook Comments