काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको ब्याक गियर नहुने भएकाले विशेष महाधिवेशनबाट पछि हट्ने अवस्था नरहेको बताएका छन्।

जेनजी आन्दोलनमा आगजनीमा परेको उदयपुरस्थित कांग्रेस कार्यालय आज अवलोकनपछि उनले कांग्रेसको विधानमा विशेष महाधिवेशन दर्ता गर्ने बारे दफा रहेको तर फिर्ता गर्नेको दफा नरहेको पनि स्पष्ट पार्दै भने– ९० दिनभित्र विशेष महाधिवेशन गर्नैपर्छ ।

ad

उनले पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नेमा सहमति जुटे विशेष महाधिवेशन पक्षको पनि माग सम्बोधन हुने बताए । उनले अब समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवाले निर्णायक पहलकदमी लिनुपर्ने पनि बताए ।