काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफू भाषण कम गर्ने काम बढी गर्ने बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघको पार्टी प्रवेश तथा समायोजन पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले लामो भाषणमा भन्दा परिणाममुखी काममा बढी केन्द्रित हुने बताएका हुन् । उनले अब जेन–जी पुस्ता र श्रमिक वर्गको हितमा केन्द्रित हुने बताए।

ad

उनले पछिल्लो समय हजारौँ युवा र श्रमिकहरू पार्टीमा जोडिनुले आफूलाई काम गर्न थप ऊर्जा मिलेको उनले बताए । उनले आफूहरुले युवाहरुको मुद्दा बढी सम्बोधन गर्ने कोशिस गरेको कारण जेन–जीहरुले विश्वास गरेको दावी समेत गरे ।