काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरुको भेला भोलि बुधबार काठमाडौंमा हुने भएको छ ।

विशेष महाधिवेशनका सन्दर्भमा मंसिर १० गते दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष भेला आयोजना गरिएको नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले जानकारी दिएका छन् । भेलामा विशेष महाधिवेशनको आवश्यकता र औचित्यबारे नेताहरूले आ–आफ्नो धारणा राख्ने बताइएको छ ।

ad

गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले कारण खुलाएर केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए । कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र महाधिवेशन गर्नुपर्दछ ।

गत मंसिर ३ गते विशेष महाधिवेशन पक्षधरहरुले पत्रकार सम्मेलनको आयोजना गरी विशेष महाधिवेशन मिति र स्थान तोक्न माग गरेका थिए।