काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि आज निर्वाचन आयोगमा गएर दल दर्ता गरेको छ।


एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले एमाले प्रतिनिधिसभातर्फ ६६ औं नम्बरमा दर्ता भएको जानकारी दिएका छन् । एमालेले यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको भए पनि प्रतिनिधि सभातर्फ भने दर्ता गरेको थिएन।

ad

आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ।