
काठमाडौं । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको दावी गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ।
नेकपा एमाले संसदीय दलका तर्फबाट आज अदालतमा रिट पेस गरिएको हो । एमालेको संसदीय दलको बैठकले रिट लिएर जाने अख्तियारी विघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई दिएको थियो ।
एमाले संसदीय दलको तर्फबाट प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट निबेदन दिइएको बर्तौलाले जानकारी दिए ।









Facebook Comments