
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त घर र संरचनाको पुनर्निर्माणको काम सुरु गरेको छ। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार आन्दोलनका क्रममा करिब दुई हजार २ घर एवं संरचनामा क्षति पुगेको थियो।
क्षतिग्रस्त संरचनामध्ये एक हजार ३ सय सरकारी भवन रहेको उनले जानकारी दिए। मन्त्रालयले क्षतिग्रस्त संरचनामध्ये ६ सय सङ्घीय भवन पुनः निर्माणको जिम्मा लिएको र तीमध्ये २ सयदेखि २ सय ५० भवनको विस्तृत इन्जिनियरिङ मूल्याङ्कन अघि बढाइएको उनले बताए।
उनले दुई महिनाभित्र डिजाइन र लागत अनुमानसहितको प्रतिवेदन तयार गर्ने प्रयास भइरहेको बताए। उनले प्रतिवेदन पाए लगत्तै पुनर्निर्माण प्रक्रिया सुरु हुने र त्यसका लागि आवश्यक बजेट पुनः निर्माण कोषमार्फत परिचालित हुने बताए।









Facebook Comments