काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र विभागीय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी विद्यमान ऐन, नियम सोसँग सम्बन्धित रही नियमनकारी निकायबाट जारी भएका निर्देशनमा रहेका कानुनी व्यवस्थाका बारेमा तालिम दिइयो।

ad

सो क्रममा केही समय अघि मात्र नियमनकारी निकायबाट जारी भएको नयाँ सम्पत्ति शुद्धीकरण, आतकंकारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानुनी व्यवस्थाका बारेमा समेत जानकारी दिइएको थियो। 

तालिम कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले सम्पत्ति शुद्धीकरण निवारणमा व्यवस्थापन, विभागीय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरूको समान योगदान तथा जिम्मेवारी रहने भएको विषयमा जोड दिए। साथै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन पालनाले कम्पनीको आन्तरिक नियन्त्रण तथा सुशासन सबल बनाउन र ग्राहक तथा लगानीकर्ताको विश्वास बढाउन ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे। 

तालिम कार्यक्रमको अन्त्यमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीका व्यवस्थापक, विभागीय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानुनी व्यवस्थाहरुलाई पालना गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए।