
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गरिनुपर्ने माग गरेका छन् ।
जेन–जी आन्दोलनमा आगजनी गरिएको इलामस्थित पार्टी कार्यालय अवलोकनका क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले ‘महाधिवेशन तयारी क्रममा केही दिन समय नपुग्न सक्ने अवस्था देखिए थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने विकल्प रहेको बताए ।
उनले पार्टीलाई निकास दिन सुवर्ण शमशेरपथ पछ्याउन सभापति शेरबहादुर देउवालाई सुझाव समेत दिएका छन् । २०१४ सालमाझैँ स्वयम् सभापति देउवाले मार्गप्रशस्त गर्नसक्ने उनले बताए । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान नसक्ने पनि बताए ।









Facebook Comments