काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । आज अपरान्ह मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। धर्मेन्द्रका श्रीमतीहरू प्रकाश कौर र हेमा मालिनीसहित छोराहरू सनी र बबी देओल तथा छोरीहरू ईशा र आहाना देओल छन्।

ad

बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्‍यक्त गरेका छन् ।