
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने र त्यसबाटै नयाँ नेतृत्व चयन हुने बताउँदै पार्टीले नयाँ नेतृत्व र नयाँ सभापतिको हस्ताक्षरमा आगामी निर्वाचन लड्ने जिकीर गरेका छन् ।
थापाले आज सामाजिक सञ्जालमा लेखेका छन्– ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?
मैले भने– होइन। साथीहरूले फेरी सोध्नुभयो– कसरी ? मैले भनेः प्रष्ट छ–अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’– महामन्त्री थापाले भनेका छन् ।
उनले पार्टीले निर्वाचन अगाडि नै महाधिवेशनको माग गर्नुको मुख्य कारण पनि यही भएको स्पष्ट पारेका छन्। महामन्त्री थापाले नयाँ नीति र नेतृत्वसहित पार्टी चुनावमा जाने भन्दै अब विशेष महाधिवेशनको विकल्प नरहेको समेत जनाएका छन् ।




Facebook Comments