
काठमाडौं । ११ राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालयसँग लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । सर्वोच्चले निवेदकको माग बमोजिम ‘आदेश किन जारी हुनु नपर्ने हो’भनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
अदालतको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती, प्रेम सिलवाल,अनन्तराज लुइँटेल,विशाल थापाले अन्तिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार,प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई प्रतिवादी बनाइएको छ।









Facebook Comments