काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले जेनजी विद्रोहपछि पनि पुराना दल रूपान्तरण हुने लक्षण नदेखिएकाले नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका पूर्व नेता समेत रहेका शर्माले तत्कालीन माओवादी केन्द्र पार्टीभित्रका मठाधीशलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी खोलेको स्पष्ट पारे ।  राष्ट्रिय सभागृहमा आज आयोजित पार्टी एकता घोषणासभामा  बोल्दै उनले  जनयुद्ध गरेको माओवादीले पनि क्रान्तिकारी छवि बचाउन नसकेको बताए ।

ad

शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी कुनै एक दल थप्ने नभई राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्नका लागि साधनको रूपमा स्थापना भएको दावी पनि गरे । उनले कार्यक्रममा पार्टीको घोषणापत्र पढेर सुनाए।