
काठमाडौं । बाबुराम भट्टराई संरक्षक रहेको नेसपा (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी आज घोषणा गरिएको छ ।
राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो। पार्टीको चुनाव चिह्वन नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको आँखा रहेको छ । यस्तै पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने बताइएको छ ।









Facebook Comments