
काठमाडौं । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेत चढेको गाडीमा आज विराटनगर विमानस्थल नजिकै रातो मसी छ्याप्दै आक्रमणको प्रयास भएको छ ।
आज हुने युवा संघको कार्यक्रमका लागि सुनसरी जाँदै गरेका बस्नेत चढेको गाडीमा दुई युवाले रातो मसी छ्यापेका छन् । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरूमा अप्रित कुवँर र सञ्जोग गौतम रहेका छन् ।









Facebook Comments