
तार्केश्वर हिसानको आयोजना तथा सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा तेश्रो हिसान फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
शेषमतिस्थित सेक्रेड हार्टमा भइरहेको प्रतियोगिताको पुरुष दिन ब्वाइज÷गल्र्समा लिग चरणका खेल सम्पन्न भएको सेक्रेड हार्टका प्रिन्सिपल समेत रहेका कार्यक्रम संयोजक बद्रीनाथ भट्टले जनाएका छन् ।
ब्वाइजमा कौशल मावि., सृजना ज्ञानसागर मावि., प्रारम्भ वल्र्ड स्कुल र ल्यान्डमार्क एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन् । गल्र्समा प्रारम्भ वल्र्ड स्कुल, लालिगुराँस नेसनल एकेडेमी, ल्यान्डमार्क एकेडेमी र हिमरश्मिले सेमिफाइनल यात्रा तय गरे ।
सेमिफाइनल र फाइनल प्रतियोगिताको अन्तिम लिन शनिबार हुनेछ । ब्वाइजमा ८ तथा गल्र्समा ७ टिम सहभागी छन् ।
‘सर्वाङ्गिण विकासको एउटा पक्ष ः खेलकुद’ भन्ने आदर्श वाक्यलाई सम्मान गर्दै प्रतियोगिता मुख्यतः प्रतिस्पर्धी विद्यार्थी र तिनका माध्यमबाट सदस्य विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई अनुशासित, सहयोगी तथा सर्वगुणी बनाउन सफल हुनेछ भन्नेमा हिसान तारकेश्वर पूर्ण आशावादी रहेका छौं ।’ आयोजकले जारी गरेको विज्ञतिीमा भनिएको छ ।








Facebook Comments