
काठमाडौं । अर्थ मन्त्रालयले २० वटा चारपांग्रे सवारी साधनको बिमा गरेको छ । मन्त्रालयले नेपाल बिमा कम्पनीमार्फत ती साधनको पूर्ण बिमा गरेको हो ।
असोज ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘सरकारी सवारीसाधन पूर्ण निर्जीवन बिमा गर्ने’ निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा बिमा गरिएको मन्त्रालयले जनाएको छ ।
आगामी दिनमा सरकारी सवारीसाधनको आगलागी, दुर्घटनाजस्ता कारणबाट क्षति हुन गएमा बिमा दाबीको रकमबाट सवारीसाधन खरिद गर्न सकिने हुँदा सरकारी कोषबाट हुने खर्चमा कमी आउने, प्राथमिकताका क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक वित्त व्यवस्थापन प्रभावकारी हुने मन्त्रालयको अपेक्षा छ ।








Facebook Comments