
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ राष्ट्रहितका लागि गठन गरिएको भन्दै फोर्सबाट कोही पनि आतिनु नपर्ने बताएका छन् ।
आज काठमाडौंको बबरमहल हाइटमा रहेको कार्की ब्याङ्क्वेटमा एमाले निकट युवा दस्ता नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणा कार्यक्रम बोल्दै अध्यक्ष ओलीले फोर्सको अस्तित्व र सङ्गठनसँग कोही पनि आत्तिनु र डराउनु नपर्ने बताए ।
अध्यक्ष ओलीले फोर्सले अनुशासित ढङ्गले काम गर्ने भन्दै हिंसा, आतङ्क, तोडफोड र लुटपाटकाविरुद्ध काम गर्ने समेत बताए । उनले फोर्स कसैको विरुद्ध नबनेको पनि बताए ।









Facebook Comments