काठमाडौं । नेकपा (एमाले) निकट नेशनल भोलेन्टियर फोर्सका कार्यकर्ताहरुले काठमाडौंको बबरमहल क्षेत्रमा मार्चपास गरेका छन् ।  

बबरमहल हाइटमा रहेको कार्की बैंक्वेटमा भेला गर्ने र त्यहींबाट नेशनल भोलेन्टियर फोर्स घोषणा गर्ने कार्यतालिका छ।
मार्च पासको अगुवाइ एमालेनिकट युवा संघले गरिरहेको छ। मार्चपासमा सहभागीहरूले रातो क्याप लगाएका छन् । 

ad


यसैबीच भदौ २३ र २४ को घटनामा घाइते भएका जेनजीहरू माइतीघरमा धर्नामा बसेका छन्। जेनजीको धर्ना र एमालेको  प्रदर्शन हुने भएसँगै प्रशासनले उच्च सतर्कता अपनाउँदै सयौं प्रहरी खटाएको छ ।