
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुले नयाँबानेश्वरमा मसाल जुलुस आयोजना गरेको छ । वर्तमान अन्तरिम सरकारको विरोध गर्दै मसाल जुलुस निकालिएको हो ।
नेकपा एमालेका नेता कार्यकर्ता माथि योजनाबद्ध रूप सरकारले प्रतिबन्ध लगाएको, पूर्वघोषित कार्यक्रम केन्द्रित नेताहरुलाई सहभागी हुन विभिन्न षडयन्त्र गरेको भन्दै जुलुस निकालिएको अनेरास्वियुका केन्द्रीय अध्यक्ष दीपक धामीले जानकारी दिए ।
हालको सरकार असंवैधानिक भएको र यो सरकारले विभिन्न संवैधानिक नियामक हस्तक्षेप गरेर अराजक मचाएको उनले बताए ।
संविधानले कल्पना गरेको दलीय व्यवस्था माथि नै प्रहार भएको र यस्ता गतिविधि सरकारले तत्काल अन्त्य नगरे आन्दोलनका कार्यक्रमहरु अझ सशक्त रुपमा अघि बढाउने चेतावनी अनेरास्वियुले दिएको छ ।




Facebook Comments