
नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घले काठमाडौंमा सम्पन्न असाधारण साधारण सभाबाट आगामी तीन वर्षका लागि नयाँ कार्यकारिणी समिति चयन गरेको छ। यस कार्यक्रममा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग र व्यापार क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
बैठकको अध्यक्षता निवर्तमान अध्यक्ष राजेन्द्र कुमार खेतानले गरे। उनले द्विपक्षीय आर्थिक सहकार्य बलियो बनाउने नयाँ लक्ष्य र आगामी योजनाबारे जानकारी दिए। उनले नेपालमा फेरि सक्रिय भएको यूके डिपार्टमेन्ट फर बिजनेस एण्ड ट्रेड र दुई देशबीच बढ्दो व्यापारिक साझेदारीले नयाँ अवसरहरू ल्याएको बताए।
बैठकको मुख्य आकर्षणको रूपमा निवर्तमान अध्यक्ष राजेन्द्र कुमार खेतानलाई “President Emeritus” पदवीले सम्मान गरियो। 
नयाँ कार्यकारिणी समिति
साधारण सभाले सर्वसम्मतिले निम्नअनुसारको नयाँ कार्यकारिणी समितिलाई अनुमोदन गर्यो:
अध्यक्ष:डा. रोशन राठी (एलसीसीआई ग्लोबल क्वालिफिकेशन्स प्रा. लि.)
उपाध्यक्ष:पियुष राज अर्याल (लक्ष्मी सनराइज बैंक लि.)
कोषाध्यक्ष:विद्यावरिदि सिग्देल (डोल्मा इम्प्याक्ट फण्ड)
महासचिव:सरद बञ्जारा (जेनेस सोलुसन्स)
उप–महासचिव:गोविन्द शाही (युनिलिभर नेपाल लि.)
कार्यकारिणी सदस्यहरू:
येमी कार्की (स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लि.)
शिव प्रकाश खेम्का (महावीर श्री इन्टरनेशनल)
नीलु बस्न्यात (डीएआई ग्लोबल)
निर्वतमान अध्यक्ष:राजेन्द्र कुमार खेतान (लक्ष्मी कर्प)
यो नयाँ समिति वित्त, व्यापार, बहुराष्ट्रिय कम्पनी, विकास क्षेत्र, उद्यमशीलता तथा नेतृत्व अनुभवको बलियो मिश्रण हो। यो विविध नेतृत्वले सङ्घको कामलाई नयाँ ऊर्जा दिने र नेपाल–बेलायत व्यापार तथा लगानी साझेदारीलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष डा. रोशन राठीलेसदस्यहरूले देखाएको विश्वासप्रति आभार व्यक्त गरे र नेपाल र बेलायतबीचको व्यापार प्रवर्द्धन, बजार पहुँच, लगानी प्रोत्साहन तथा दुई देशका निजी क्षेत्रबीच साझेदारी बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घ सन् १९९५ मा स्थापना भएको नेपालका अग्रणी द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूमध्ये एक हो। यसले नेपाल–बेलायतबीच व्यापार, लगानी र आर्थिक सहकार्य प्रवर्द्धन गर्दै आएको छ।
गत ३० वर्षदेखि, यस संस्थाले व्यवसायिक समुदायलाई जोड्ने, नीति समन्वयमा सहयोग गर्ने, व्यापारिक अवसरहरू पहिचान गर्ने, प्रविधि हस्तान्तरण प्रोत्साहन गर्ने, निर्यात विस्तार गर्ने र व्यापारिक प्रतिनिधिमण्डल पठाउने काम गर्दै आएको छ। यो सङ्घ दुई देशका निजी क्षेत्रबीच दीर्घकालीन साझेदारी र दिगो आर्थिक वृद्धिका लागि भरपर्दो पुलको रूपमा सक्रिय छ।








Facebook Comments