
काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत÷कम्पनी सचिव कमल खड्का नियुक्त हुनुभएको छ ।
मंसिर ३ गतेदेखि लागू हुनेगरी नियुक्त हुनुभएका प्रमुख सूचना अधिकारी जयन्द्र रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
साथै, यस बैंकको बैंकिङ्ग सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी कमल खड्काको मोबाइलनम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न gunaso@nicasiabank.com इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।








Facebook Comments