काठमाडौं । बाराको सिमरामा जेनजीहरुको प्रदर्शनपछि स्थानीय प्रशासनले पौने १ बजेदेखि कर्फ्यु लगाए पनि कफ्र्युको अवज्ञा गर्दै प्रदर्शन भईरहेको छ ।

जेनजीको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झड्प हुँदा आधा दर्जन प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शन चर्किएपछि प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको छ । अहिले सिमरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन गरिएको छ ।

ad