काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामाथिको आजको सुनुवाई स्थगित भएको छ ।

उच्च  अदालत बुटवलको  ३ नम्बर इजलास पेसी तोकिए पनि कानुन व्यवसायीले माग गरेपछि उक्त रिटको सुनुवाइ स्थगित गरिएको हो।

ad

न्यायाधीश  मिलन कुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको मुद्दामा रविको पक्षका कानुनी व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो ।


यस अघि गत हप्ता सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको गत हप्ता मुद्दाको मूल मिसिल झिकाउनका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो ।