काठमाडौं । बाराको सिमरामा आज पनि जेनजीहरुले प्रदर्शन शुरु गरेपछि दिउँसो पौने १ बजेदेखि कर्फ्यू लगाइएको छ ।

आज बिहानदेखि सिमरा चोकमा जेनजीहरुले प्रदर्शन शुरु गरेपछि  स्थिति नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा कर्फ्यू लगाएको छ ।  सिमरामा प्रदर्शनकारी र प्रहरीबीच झड्प समेत भएको छ । झड्पमा ४ जना प्रदर्शनकारी घाइते भएका छन् ।

ad

जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२ ः ४५ देखि साँझ ८ बजेसम्मका लागि कर्फ्यू लगाएको छ। पथलैयादेखि दक्षिण जीतपुरको ललका पुलसम्म राजमार्गको ५ सय मिटर दाँयाबाँया र एयरपोर्ट क्षेत्रको ५ स मिटर आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको हो ।