
काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध रूपमा बसोवास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो।
निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४ः४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष रहेको बताइएको छ।
डिर्पोट भएर आएकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आवश्यक सोधपुछ गरेको स्रोतले बताइएको छ। ब्युरोका प्रमुख कृष्ण पंगेनीका अनुसार डिर्पोट भएर आउनेहरूमा तल्ला बाटो हुँदै अमेरिका गएकाहरू धेरै छन्।








Facebook Comments