
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोलेको आधारमा दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले बोले बापत थुन्नु मानव अधिकारको उल्लंघन हो भनेर मानव अधिकार आयोगले नै भनिसकेको उल्लेख गर्दै सरकारलाई मानवअधिकार उल्लंघन गर्ने अधिकार नभएको बताए ।
अपराध भएमा मात्रै कारबाही गर्न सकिने उल्लेख गर्दै उनले अभिव्यक्तिको कारण पक्राउ गर्नु कानुनविपरीत रहेको बताए।









Facebook Comments