
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटनाका प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराउँदै उक्त जेनजी भावनाअनुसार नभएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री कार्कीलाई सामाजिक सञ्जालमार्फत मेन्सन गर्दै महामन्त्री शर्माले चुनावको वातावरण नबनाए चुनाव हुन नसक्ने भन्दै ध्यानाकर्षण गरेका हुन् । शर्माले व्यक्तिलाई कहीँ पनि भ्रमण गर्ने संविधानप्रदत्त अधिकार भएकोले कसैको पनि अधिकार कुण्ठित गर्न नमिल्ने बताएका छन् । उनले यो समय संयम र एकता राख्नुपर्ने बेला भएको समेत उल्लेख गरेका छन् ।
उनले भनेका छन्– एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकारविरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो ।









Facebook Comments