काठमाडौं । बाराको परवानीपुरमा हुने जागरणसभामा एमाले नेता महेश बस्नेत आउने सूचना पाएपछि सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरूले प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी र एमाले समर्थक युवाहरूबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ ।

 आज बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्युको समय आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागि जारी गरिएको छ । अहिले सिमरा जाने र सिमराबाट काठमाडौं उड्ने जहाजहरू रोकिएका छन् । 

ad

सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन कर्फ्यु जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी  धमेन्द्रकुमार मिश्रले बताए ।