काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज राष्ट्रिय मान्यता प्राप्त विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ः०० बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि संयुक्त छलफल गर्न लागेकी हुन्। प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी प्रतिनिधहरुसँग छुट्टै र संयुक्त रुपमा छलफल गरिसकेकी छिन्।

ad

गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै आएको छ ।