
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार भएको खेलमा चितवन राइनोज ४ विकेटले विजयी भएको छ। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गरेको थियो ।
चितवनका लागि रवि बोपाराले ५२, दीपक बोहराले ४२, सैब जैबले ३८, कुशल मल्लले २० रन बनाएका थिए। कर्णालीका लागि सोमपाल कामीले दुई, उनिस सिंह र युवराज खत्रीले एक–एक विकेट लिए। यसअघि ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा १६६ रन बनाएको थियो।







Facebook Comments