काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गरी नेकपा (माओवादी) राख्ने निर्णय गर्दै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको छ।

आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको छ । नेकपा (माओवादी) का महासचिव विप्लवलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दल दर्ताको प्रमाणपत्र दिएका हुन् ।

ad

नेकपा (माओवादी) ले गुलाफको फूल चुनाव चिन्ह पाएको छ । दल दर्ता प्रमाणपत्र लिन विप्लवलगायत नेताहरू बाजागाजासहित आज निर्वाचन आयोग पुगेका थिए।