
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका नेताहरुबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र कांग्रेसका नेताहरूबीच आज बिहान करिब २ घन्टा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री कार्कीसँगको भेटवार्तामा कांग्रेसका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, राजेन्द्र बजगाई, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला लगायतको सहभागिता रहेको थियो । प्रधानमन्त्री कार्कीले छलफलमा बोलाएपछि आफूहरू बालुवाटार पुगेर कुराकानी गरेर फर्किएको नेता गुरूराज घिमिरेले जानकारी दिए।
प्रधानमन्त्रीले फागुन २१ गतेको प्रतिनिधि सभा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै नेपाली कांग्रेससहित सबै राजनीतिक दल चुनावमा लाग्नुपर्छ, चुनावका लागि वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको घिमिरेले बताए । ‘हामीले पनि सरकारले समयमै चुनाव गराउनुपर्ने कुरामा जोड दिंदै पालैपालो आफ्नो कुरा राखेको घिमिरेले जानकारी दिए ।









Facebook Comments