काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको आज टियु मैदान, कीर्तिपुरमा भएको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको विजयी लक्ष्य दिएको छ।

आज भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो। कर्णालीका लागि ओपनर ब्याटर प्रियांक पञ्चालले सर्वाधिक ९० रन बनाए। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। 

ad