काठमाडौं  । महान्यायाधिवक्ता सविता भण्डारी बरालविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा आज सुनुवाइ हुने भएको हो। 

अधिवक्ता उपेन्द्र रावत समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधिवक्ता बराल, महान्यायाधिवक्ता कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लगायतलाई विपक्षी बनाएर सोमबार रिट दायर गरेका थिए।  

ad

नाबालिगको डिम्ब किनबेच गर्नेमाथि मुद्दा नचलाएको उनीमाथि आरोप छ । नाबालिगको डिम्ब किनबेच गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले यसमाथि अनुसन्धान अघि बढाइसकेको छ।  

बालबालिका सम्बन्धी ऐन, २०७४ अन्तर्गत अनुसन्धान गरेको विषयमा प्रहरीले डा. स्वस्ती शर्मा लगायतलाई नियन्त्रणमा समेत लिएको थियो। तर अदालतले पछि उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।