काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आएको नेकपा एमालेले विघटित संसदीय दलको बैठक आज बोलाएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले संसदीय दलको बैठक बोलाइएको हो ।

लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विघटित प्रतिनिधि सभाका सांसदहरुसँग एमालेले छलफल गर्न लागेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

ad