
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजविरुद्ध पहिलो बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलका निम्ति काठमान्डुका कप्तान करण केसीले टस जित्दै जनकपुरका कप्तान अनिल साहलाई ब्याटिङको निम्तो दिएका हुन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ । यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुन लागेको पहिलो खेलसमेत हो ।








Facebook Comments