
काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशसभाका पाँच सांसदहरुलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ ।
मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको १० वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेको आधार देखाउँदै गत कात्तिक २७ गते जसपा नेपालबाट निर्वाचित ४ जना सांसद मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलवार र नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद उर्मिला सिंह गरी ५ जना सांसदलाई पदमुक्त गरेका थिए ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।









Facebook Comments