काठमाडौं । सर्वोच्च अदालतको आदेशविपरीत विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाएकोमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । अधिवक्ता प्रेम सिलवालले कार्कीविरुद्ध अवहेलना निवेदन दायर गरेका हुन् ।


सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । सर्वोच्च अदालतले गत कात्तिक १६ गते ११ देशबाट राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो।

ad

निवेदनको पहिलो पेसी मंसिर ७ गतेका लागि तोकिएको छ । निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ ।