
काठमाडौँ — साउदी अरेबियामा सोमबार मध्यराति बस दुर्घटनामा ४२ जना भारतीय तीर्थ यात्रीको मृत्यु भएको छ ।
मक्काबाट मदिना जाँदै गर्दा मुस्लिम तीर्थयात्री चढेको बस एक डिजेल ट्यांकरसँग ठोक्किँदा ४२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बस ठोक्किएपछि आगो लागेको र अधिकांशको जलेर मृत्यु भएको समाचारमा उल्लेख छ ।
मृतकहरुमा २० जना महिला र ११ बालबालिकासमेत रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा बस चालक मात्र जिवीत बचेका छन् ।
मृतकहरुमा अधिकांश हैदराबादका रहेको बताइएको छ । भारतका विदेश मन्त्री एस जयशंकरले घटनाप्रति स्तब्ध भएको बताएका छन्।









Facebook Comments